IP Samaj UK Lhoshar 2011
You are here: HomeNewsArticalsईलमपोखरी समाज युके

ईलमपोखरी समाज युके

ईलमपोखरी समाज युके

बिदेशको बसाई भएतापनि नेपाली पहिचानको निम्ति हाम्रो भावी सन्ततीहरुलाई आफ्नो नेपाली मौलिकता झल्किने सँस्कृतीको आभाष दिलाउँनु बर्तमान अवस्थाको एक जटिल आवश्यकता हो भन्दा फरक पर्दैन होला 

 त्यसैले त हामी आफ्नो परम्परा, सँस्कृती, रितिरिवाज पहिचानको सँरक्षण र जगेर्ना गर्न संसारको जुनसुकै कुनामा बसोबास गरेको भएतापनि कदापि पछाडि हटेर बस्न सक्तैनौं । त्यसैभएर पनि होला अहिले जहाँ नेपालीहरु छन त्यहाँ विभिन्न सँघसँस्थाहरु स्थापना भएकाछनसँघसँस्थाहरुको स्थापना गर्नुकोउद्देश्यकेवलयहाँभेटघाटगरिभोजखानुनाचगानगरिरमाईलोगर्नुमात्रनभईस्वदेशमाकयौंपरोपकारीकार्यहरुमासहयोगपु-याउँदैआईरहेकाछन

यसै अर्थमा पनि पश्चिममा दोर्दीखोला, पूर्बमा चेपेखोला, उत्तरमा हिमशृङ्खला र दक्षिणमा मर्स्याङ्दी खोलाको सिमानाले छुट्ट्याएको एउटा आफ्नो छुट्टै पहिचान, परम्परा, सँस्कृती, रहनसहन र रितीरिवाजले सिंगारिएको परिचित भूभाग हो पूर्बी लमजुङ अर्थात ईलमपोखरीको सेरोफेरो यस पूर्बी लमजुङलाई क्षेत्रीय भूसमाबेसी हुनुभन्दा अगाडि १८ वटा गाउँबिकास समितिहरुमा बिभाजन गरिएको थियो भने अहिले २ गाउँपालिका र १ नगरपालिकामा बिभाजन गरिएकोछ । जसमा राईनास नगरपालिका, दोर्दी गाउँपालिका र दुधपोखरी गाउँपालिका पर्दछनदुधपोखरी जस्ता प्रसिद्ध धार्मिक स्थल यहीँ पर्दछन भने बाईसे चौबिसे राजाका पालातिर लडाईमा प्रयोग गरीएका गौंडागढ, राईनासगढ,साथै सायद पूर्बी लमजुङमा हुनसक्तछ यहीं राईनास गाउँमा मात्र होला पहिलो पटक होमस्टे (Home Stay)को ब्यवस्था गरी पर्यटकहरुको आकर्षित भएको गाउँ पनि यहीँ पर्दछन । त्यसतगरि गोरखादेखी तनहुँ जिल्लासम्म प्रख्यात भएको कार्तिक महिनामा पर्ने महाँएकादशी र रामनवमीको पूर्णिमा दिनमा बिशाल जात्रा लाग्ने ईलमपोखरी र घटस्थापनामा जात्रा लाग्ने पिठबजार, त्यस्तैगरि किसेतीखोलाको सारङ्गे र चेपेखोलाको मुङ्गेबजार जस्ता स्थानिय हाटबजार लाग्ने प्रसिद्ध स्थानय सैक्षेत्रमा पर्दछन । गौंडाबजार जहाँ हुलाकी सेवा स्वास्थ्य केन्द्र तथा कपडा दुकान र अन्य खुद्रा पसलहरुभएको सबैभन्दा पुरानो बजार यसक्षेत्रमा ज्यादै चर्चित छन 

यस पूर्बी लमजुङबासीहरु आफ्नो योग्यताअनुसार संसारको विभिन्न देशमा बसोबास गरीरहेको भएतापनि British Army मा सेवा गर्दै आएका र भुपूगोर्खाहरुका परिवार अनि अन्य ब्यबसायमा संलग्न भई आएका अर्थात गैरफौजी परिवार यहाँ युकेको बिभिन्न स्थानमा अरु देशको तुलनामा अत्यधिक रुपमा बसोबास गरीरहेका छन । यसै अत्यधिक जनमानसको हितकोलागि र त्यस पूर्बीलमजुङ्को लागि मात्र नभएर अन्यत्रतिर पनि सेवा पु-याउने हेतुले श्रीमोहनसिङगुरुङज्युको नेतृत्वमा र केही समाजसेवी महानुभवहरुको सँयोजकत्वमा विभिन्न परोपकारी उदेश्य लिएर २००९ जून ७ तारीख तदअनुसा र२०६६ साल जेष्ठ २३ गते यहाँयुकेमा स्थापना भएको बहुजातीय बहुभाषिकहरुको एक साझे अभिन्न सँस्था हो ईलमपोखरी समाज युके । श्रीमोहनसिङ गुरुङज्युलाई सर्बसम्मतिको मञ्जुरीबाट यस समाजको कार्यकारिणी समितिको अध्यक्षमा चयन गराईयो । वहाँकै अध्यक्षतामा अवश्यकता अनुसारको कार्यसमितिको गठन गरियो । तत्कालीन अध्यक्षज्युले बिभिन्न समस्य, दुखकष्टहरु भोग्न नपरेको पनि होइनन् । तैपनि वहाँको हरप्रयासमा समाजमा सदस्यता लिनको लागि कयौं मानिसहरुसँग अनुरोध पोखाएर समाजको काँजुली फेर्ने क्रमजारी रह्यो, रुपरंग बदल्दै जवानीमा परिणत हुनथाले ईलमपोखरी समाजयुकेमा। शुरुमा करिब  ३० जनाको संख्यामा रहेको समाज अहिले यस सँस्थामा १५० भन्दा बढीपुगी सकेकाछन समाजमा आवद्ध रहेका सदस्यको सँख्या । यसको श्रेय सँस्थापक अध्यक्ष श्रीमोहनसिङगुरुङलाई जानेछ भन्नुमा यो पृष्ठ लेखकको गल्ती नहोला

यो समाजको आफ्नै मौलिकतामा आधारित सबैलाई समानरुपले न्याय पु-याउने हितकारपूर्ण बिधान छ । समाजका तमाम सद्स्यहरुले बिधानलाई आधार मानी अनुशासितढंगले आफ्ना सेवा र कर्तब्य पालना गरीरहेकाछनईलमपोखरी देबीको नामाकरण गरिएको समाज        भएर वा उनै देवीको आशीर्वादको प्रभाबले हुन सक्तछ अरु संघसँस्थाहरुमध्ये यो समाजले एउटा छुट्टै पहिचान र प्रतिष्ठा अंगाल्न सफल भएकोछ युकेमा 


बेलायतमा यो समाजले आफ्नै समाजभित्रमात्र नभएर बिभिन्न अन्य संघसँस्थाहरुको कार्यक्रममा पनि सहभागी भई आफ्नो समाजको नाम सबैलाई चिनाउँदै आईरहेकाछन । वहाँकै कार्यकालमा Ambulance Charity को पनि आयोजना गरियो २८ सेप्टेम्बर २०१३ मा । जसमा रु.३५,८६००९/३४ (पैतिसलाख छेयासीहजार नौ रुपैयाँ चौतीस पैसा संकलन गर्न सफल भयो । नेपालमा अर्थात पूर्बी लमजुङ क्षेत्र (ईलमपोखरीको सेरोफेरो) मा एउटा Ambulance सेवा हस्तान्तरण गरियो । त्यसबाट बाँकी रहेको रकमबाट भर्खरै मात्र अर्को Ambulance पनि हस्तान्तरण गर्ने तयारीमा रहेकोछ ।त्यसबाहेक अनौपचारिकरुपमा समाजले बिभिन्न ब्यक्तिहरुलाई आर्थिक संकलन गरि सहयोग गर्दै आईरहेकाछन 

यो समाजको तेश्रो र चौथौं कार्यसमितिको चयनमा समाजका बर्तमान अध्यक्ष श्री पूर्णराज गुरुङको नेतृत्वमा अनगिन्ती कार्यक्रमहरुमा समभागी भई धेरै भातृ संघसँस्थाहरुलाई ठूलो मदत दिईरहेका छन यसरी योगदान दिने क्रममा समाजका अग्रजहरु साथै अन्य सदस्यहरु र परिवारका सदस्यहरुले ठूलो भुमिका निभाउनुभएकोछ । विशेषगरि श्री मोतीप्रसाद गुरुङ तथा श्रीमती लक्ष्मी गुरुङका जुम्ल्याह दुई सुपुत्रीहरु श्रेया र श्रुती गुरुङ साथै समाजका कार्यसमितिका सदस्य श्रीमती तारागुरुङको निर्देशनमा साथै आफैले पनि प्रस्तुत गरेको घाँटुनाचले पाएको प्रशंसा अतिनै स्रहनीय छ भने श्री लेखमान गुरुङ श्री थपनसिङ गुरुङ श्री गजबहादुर गुरुङ, दलबहादुर गुरुङ जस्ता हस्तीहरुको अग्रसरतामा धनबहादुर गुरुङ फुर्सुङे, ईश्वर गुरुङ अनि बिकेन्द्र  गुरुङको मारुनी जोडीद्वारा प्रस्तुत गरिएको कृष्णचरित्र नाचले सबैको मन जित्न सफल हुनुको साथै मौलिक पहिचान र परम्पारागत नृत्यको ठूलो जगेर्ना भएकोछ यसैपृष्टबाट यो प्रस्तोता समाजप्रेमी अग्रज अनि समस्त महानुभबहरुप्रति क्षमायाचना पनि गर्न चाहन्छकी सबैको नाम उल्लेख गर्न असमर्थ भएकोमा । समष्टिगत रुपमा सबैको योगदान र भुमिका अतिनै स्रहनीय रहेकोछ । त्यसको लागि सबैजना धन्यबादका पात्र हुनुहुन्छ । हाम्रो मौलिक परम्परा संस्कृती पहिचानको संरक्षण र सम्बर्धन गर्ने हेतुले युकेमा बिबिध कार्यक्रममा सहभागी भई अरु सँघसँस्थाहरुलाई सहयोग गर्दै आईरहेको ईलमपोखरी समाजको नाम र प्रतिष्ठा निकै उच्च स्थानमा पुग्न सफल भएकोछ तमुधिं युके तथा नेपाली राजदुताबासको संयुक्त संयोजनामा आयोजित नेपाली मेला जस्ता बृहत कार्यक्रममा लमजुङ समाजको नेतृत्व गर्दै सहभागीमा पनि ईलमपोखरीबासीको अत्यधिक उपस्थिति र अग्रसरताले साथै आफ्ना परम्परा संस्कार र सँस्कृतीमा आधारित बिबिध नृत्यहरुको स्तुतीकरण गर्दै  सर्बश्र्ष्ट प्रतिस्पर्धात्मक कार्यक्रममा २०१६ र २०१७ को एम्बासेडर कप र NRNA Cup हात पार्दै  लमजुङ समाज सफल भएकोमा ईलमपोखरीबासीको ठूलो योगदान र भुमिकारहेकोछ भन्नुमा दुईमत नहोला 

यो समाजले बर्षमा दुईपटक समाजको भब्य भेटघाट कार्यक्रमको आयोजना गर्दै आईरहेकाछन । बुद्धपूर्णिमाको नजिक पारेर Summer BBQ Party नामाकरण गरी अनि ल्होछारको उपलक्ष्यमा डिसेम्बरमा एकपल्ट यस्तैक्रमले यस समाजका सम्पूर्ण सदस्यहरु युके जस्ता ब्यस्त जीवनशैली भएको ठाउँमा पनि बिभिन्न कार्यक्रमहरुमा सहभागी भएर आफ्नो कलाकौशलहरु प्रस्तुत गर्दै आफ्नो गाउँ पाखा पखेरा जहाँ आफू जन्मेहुर्के, ती पूर्बी लमजुङ अनि ईलमपोखरी देबीमाताको नामलाई दिगो अनि जीबित राख्न सधै अग्रसर छन 

जय ईलमपोखरी समाज युके

प्रस्तोता:
परशुगुरुङ
सेक्रेटरी
ईलमपोखरी समाज युके  

Free business joomla templates
unique tracker
Page visited so far