“शुभकामना सन्देश”
समाजका संस्थापक अध्यक्षज्यु, निबर्तमान अध्यक्षज्यु, कार्यसमितिका पदाधिकारीसाथीहरु, सल्लाहकारज्युहरु, समाजका सम्पूर्ण अग्रज बाबाआमा,
दाजुभाई दिदिबहिनी, छोराछोरी चेलीजवांई भाञ्जाभाञ्जी ईष्टमित्र,आफन्तजनहरुमा तमुहरुको महान पर्व ल्होछार ल्वोंल्हो (गाईबर्ग ) एवंअँग्रेजी नयाँ बर्ष २०२१ को पावन अवसरमा म अनि मेरो परिवारको तर्फबाट सुखशान्ति, सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना आशिमला व्यक्त गर्दछु ।
यो बर्ष हामीलाई मात्र नभएर सारा संसार नै यस संक्रामिक कोरोना भाइरसले तहस नहस बनाए । अझै पनि यसको निबारण भई सकेको अवस्था छैन । सामाजिक दूरी कायम राख्दै सुरक्षित रहनु होला । नआतिनु होला । स्वास्थ्य बिभागका बैज्ञानिकहरुले कोरोनाको सूई पत्ता लगाई सकेका छन् र उमेर अनुसार सूई लगाउने काम पनि शुरु भई सकेका छन् । सूई निस्केकाछ्न् भनेर लापार्बाही गर्न हुँदैन । सरकारबाट जारी भएको नियमलाई सधैं पालना गनु पर्दछ ।
यो बर्षभरी नै कुनै कार्यक्रमहरुको आयोजना गर्ने परिस्थिति नै भएन । धैर्य रहनु होला । आशा छ यो आउंदो सालामा हाम्रो रमाइलो भेटघाट हुने नै छ । जहाँ हुनु हुन्छ सुरक्षित बस्नु होला ।
धन्यबाद
परशु गुरुङ्ग
अध्यक्ष
ईलमपोखरी समाज युके