IP Samaj UK Lhoshar 2011
You are here: HomeNews"हार्दिक शुभकामना"

"हार्दिक शुभकामना"

 

हार्दिक शुभकामना"

IMG_6963.jpg - 147.43 KB

आदरणीय सँस्थापक अध्यक्ष्यज्यु, निबर्तमान अध्यक्ष्यज्यु तथा उपाध्यक्ष्यज्यु, कार्यसमितिका पदाधिकारीज्युहरु, लगायत समस्त सल्लाहकारज्युहरु, समाजका तमाम महान ब्यक्तित्वहरु, युबा नानीहरु चेलीजवाँई भाञ्जाभाञ्जीहरुमा हार्दिक अभिबादन अनि नमस्ते ।

नयाँ बर्ष २०२० को सुखद अगमन तथा महान पर्व च्यु ल्होछारको उपलक्ष्यमा, बेलायत, नेपाल, तथा बिश्वका बिभिन्न देशमा छरिएर बस्नु हुने सम्पूर्ण ईष्टमित्रहरु प्रति म, मेरो परिवारको अनि समाजको तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु । यो फोल्होले यहाँहरु सबैलाई सुस्वास्थ्य, दीर्घायू, उत्तरोत्तर प्रगती र मनोकांक्षाहरु पूरा गरी दिउँन् ।

तपाईहामी बीचको परस्पर सम्बन्ध र सहयोगी भावनाले यस समाजले यो २०१९ सालमा धेरै राम्रा राम्रा कार्यक्रम गर्नमा सफल भएका छन् । ती सफलताका श्रेया तपाई समाजका आदर्णीय महानुभबहरुको सहयोगी हातहरुमा जानेछ । हाम्रो मूल उद्देश्य भनेको यस समाज भित्रका मात्र नभएर पूर्बी लमजुङ्गका बासिन्दाहरु, साथै युकेबासी सम्पूर्ण ईष्ट्मित्रहरुलाई कुनै पनि बेलामा सक्दो सहयोग गर्नु हो भने हाम्रो परम्परा, पहिचान रितीरिवाज्, सँस्कृतीको संरक्षण, सम्बर्धन गर्नु र हामीले टेकेका पाईला पाईलामा हाम्रो भाबी सन्ततीहरुलाई टेकाउँदै अघि डो-याउँनु हाम्रो अर्को मुख्य लक्ष्य हो । त्यसको लागि हामी समाज बासी सबैजना एक जुट जुन अति जरुरी छ । यो केवल कार्यसमितिका पदाधिकारीहरुले मात्र कदापि सफल पार्न सकिदैन । तपाई महान बिद्वान ब्यक्तित्वहरुको सल्लाह सुझाब र निर्देशनको ठूलो खाँचो पर्दछ । त्यसप्रति हामी कार्यसमितिका पदाधिकारीहरु बिश्वस्त छौं की परीआएको बेला यहाँहरुको सुझाब अवश्य नै पाईन्छ भन्ने कुरामा । आगमी २०२० लाई पनि यसरी नै सफलता पूर्बक बिताउन पाउँ यही हाम्रो ठूलो अभिलाषा छ ।

भगवानले सबैलाई सदा रक्षा गरुन् ।

धन्यबाद ।

परशु गुरुङ्ग
अध्यक्ष
ईलम पोखरी समाज युके

 
 
Free business joomla templates
unique tracker
Page visited so far