IP Samaj UK Lhoshar 2011
You are here: HomeNewsक्रियाशील दलद्धारा माथिल्लो मर्स्याङ्दी सूचारु गर्न आग्रह

क्रियाशील दलद्धारा माथिल्लो मर्स्याङ्दी सूचारु गर्न आग्रह

लमजुङ, साउन ९ गते ।

जलविद्युतको प्रवल सम्भावना बोकेको लमजुङ जिल्लामा लगानीमैत्री वातावरण बनाउनका लागि राजनीतिक दलहरुले फेरि एक पटक प्रतिवद्धता ब्यक्त गरेकाछन् ।

 

जिल्लामा क्रियाशीले एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र राप्रपाले आज बुधवार एक प्रेस बक्तब्य जारी गर्दै लमजुङमा जलविद्युत निर्माण र विद्युत उत्पादनका लागि लगानीमैत्री वातावरण बनाउन आफूहरु प्रतिवद्ध रहेको जनाएको छ ।

यसअघि जलविद्युत सरोकार समिति, र्सवदलीय बैठक साथै अन्य कार्यक्रमहरुमा राजनीतिक दलहरुले जिल्लामा लगानीमैत्री वातावरण भित्र्याउन आफ्नो दलको तर्फाट कुनैपनि नकरात्मक क्रियाकलाप हुन नदिने प्रतिवद्धता जनाएका थिए । तर, अहिले स्थानीयस्तरमा रहेका राजनीतिक दलहरुका कारण ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजना प्राभावित क्षेत्रमा सरोकार समिति समेत निर्माण हुन सकेको छैन ।

एकीकृत नेकपा माओवादी जिल्ला सम्मेलन आयोजक समितिका संयोजक देवेन्द्र पराजुली, नेपाली कांग्रेसका सभापति कृष्ण कोईराला, नेकपा एमालेका अध्यक्ष धनञ्जय दवाडी, नेकपा माओवादीकार् इन्चार्ज मोहनहरि पौडेल र राप्रपा अध्यक्ष बालचन्द्र श्रेष्ठद्धारा संयुक्तरुपमा जारी प्रेस बक्तब्यमा साउन ५ गते भएको घटनामा आधारित भई परियोजना निर्माण कार्य स्थगित हुने सूचनाले लमजुङलाई जलविद्युत उत्पादन मैत्री बनाउने राजनीतिक दलहरुको प्रतिवद्धतामा प्रश्न उठेको जनाएको छ । 'हामी लमजुङ जिल्लालाई जलविद्युत उत्पादन मैत्री बनाउन प्रतिवद्ध रहेको जानकारी सम्बन्धित सबै पक्षलाई पुनःस्मरण गराउन चाहन्छौं, साथै स्थानीय जनता र सरोकारवालाहरुको मागलाई उच्च सम्मान गर्दै सिनो हाईड्रो-सगरमाथा पावर कम्पनीलाई पुनः कार्य सुचारु गर्न आव्हानगर्दै आयोजना सञ्चालन गर्न आवश्यक सहयोग पुर्‍याउने प्रतिवद्धता व्यक्तगर्दछौं ।' ५ राजनीतिक दलद्धारा जारी बक्तब्यमा भनिएको छ ।

राजनीतिक दलहरुले सिनो हाइड्रो-सगरमाथा पावर कम्पनीद्वारा निर्माणाधीन माथिल्लो मर्स्याङदी जलविद्युत आयोजनाको काममा अवरुद्ध भएकोप्रति आफ्नो ध्यानाकर्षा भएको जनाउँद साउन ५ गते छहरे खोलाले बगाएर ज्यान गुमाएकी बालिका आकांक्षा तामाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना ब्यक्त गरिएको छ । यस्तै, सोही दिन नै परियोजनामा प्रयोग भएका सवारी साधनमाथि भएको क्षति प्रति दुःख व्यक्त गर्दै यस्तो अराजक गतिविधिमा संलग्न नहुन सम्बन्धित सबै पक्षलाई आव्हान समेत गरेको छ । स्थानीय जनताका जायज मागहरुप्रति सम्वेदनशील हुन सिनो हाइड्रो-सगरमाथापावर कम्पनीलाई आव्हान गर्दै परियोजना स्थलमा विनाकार्य, विना सूचना प्रवेश नगर्न स्थानीयलाई ५ राजनीतिक दलले आग्रह गरेको छ ।

लगानीमैत्री र सुरक्षाको प्रत्याभुति दिलाउने भन्दै लमजुङलाई जलविद्युतमय बनाउन सबै सरोकारवाला, राजनीतकि दल र प्रशासनविच जिल्लाका कुनैपनि जलविद्युत आयोजनाको निर्माणकार्यमा अबरोध नगर्ने र गर्न नदिने सहमति भएपनि पर्ूवाधार निर्माणको क्रममा माथिल्लो मर्स्याङ्दी आयोजना बन्द भएपछि राजनीतिक दलहरुको प्रतिवद्धतामाथि प्रश्न उठेको छ ।

यसैबीच, राजनीतिक दलहरुबीच बसेको र्सवदलीय बैठकले लमजुङलाई जलविद्युतमैत्री जिल्लाको रुपमा विकास गर्ने पर्ूव निर्ण्र्ाााई स्मरण गराउँदै जलविद्युत निर्माणको क्षेत्रमा सकरात्मक पहल गर्ने निर्ण्र्ाागरेको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीको अध्यक्षतामा बसेको बैठकले राजनीतिक दलले आपफ्ना मातहातका भातृसंगठनहरुलाई जलविद्युतमा अवरोध नगर्न निर्देशन समेत दिने निर्ण्र्ाागरेको छ ।

Free business joomla templates
unique tracker
Page visited so far